राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकि छन्।

भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लागाएका थिए। नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ। चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग