सुनको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।

साथै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  वर्षको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड