सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

काठमाडौं। सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक बोलाइएको थिएन।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा