दार्चुलामा पहिरो खस्दा एक जनाको मृत्यु

माेटरसाइकल

दार्चुला। दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको घटनास्थलमै मृत्यु भएको हो।

सोमबार गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले बताए। टमटा सडकखण्डमा दैनिक गिट्टी फोर्ने काम गरेर घरखर्च चलाउँदै आएका थिए।

अन्य सम्बन्धित समाचार:  कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने