राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश जाने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन्।

अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने छ। काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा सर्वदलीय बैठक सुरु भयो