धर्मराज भट्ट, काठमाडौं। डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय डम्फु भनिने हज्रित सिजाली रहेका छन्। बालिकालाई बिगत २ महिनादेखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिएपछि आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका पाँचै जना आरोपितमाथि थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।