बैठकपछि पन्तले भनेः अडानमा कायम छौँ तर वार्ता सकारात्मक

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताए। करिब एक घण्टा लामो बैठकपछि बाहिरिएका उनले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, वार्ता सकारात्मक भएको छ। तर दुवै पक्ष अडानमै कायम छौँ।

वार्ताले थप छलफलको ढोका खोलिदिएको उनले बताए। आज कुरा सकारात्मक रुपमा अघि बढेको छ। अर्को पटक पनि वार्ता बस्ने अवस्था बनेको छु, उनले भने, पहिलो बैठकले केही सकारात्मक संकेत गरेको छ। त यो त सुरुवात मात्रै हो।
नेता पन्त माधवकुमार नेपाल पक्षबाट वार्तामा सहभागी थिए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै