दुबईले २५० नेपाली पुरुष महिला कामदार माग्यो, तलब कति?

काठमाडौं। दुबईको अबु धाबी शहरमा रहेको मरिना फ्याकिलिटिज मेनेजमेन्ट कम्पनीले नेपाली पुरुष महिला कामदारको माग गरेको छ। कम्पनीले क्लिनर्सका लागि २०० पुरुष र ५० महिला गरि जम्मा २५० नेपाली पुरुष महिला कामदारको माग गरेको हो।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने जनाइएको छ। कामदारले तलब खान बस्न सहित नेपाली रुपैयाँ २५ हजार माथि देखि २८ हजार माथि पाउनेछन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ भने जान चाहने इच्छुक कामदारले नोभा इन्टरनेशनल प्रा ली गौरीगाउँ सिनामंगल काठमाडौंमा चैत्र ९ गते देखि १८ गते सम्म अन्तरवार्ता दिनुपर्ने छ।

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो