अस्मित र आँचल बने मिस्टर एन्ड मिस

काठमाडौँ। ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि अस्मित गुप्ता र आँचल रौनियारले हात पारेका छन्। अस्मितले मिष्टर र आँचलले मिस तर्फको शीर्ष उपाधि जितेका हुन्। प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड र अस्मितले मिस्टर ट्यालेन्टको उपाधि समेत जितेका छन्।

काठमाडौं, विराटनगर लगायतका देशका विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवतीबीच भएको प्रतियोगितामा मिस्टरतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियार, सेकेन्ड रनरअप सँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हासिल गर्दा मिसतर्फ फस्ट रनरअपको शिक्षा गुप्ता, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्स ज्योति रौनियार घोषित भए।

अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज विराटनगरका अध्यक्ष रामनरेश शाह, फेसन डिजाइनर सरगम श्रेष्ठ निर्णायक रहेको प्रतियोगिता रौनियार समुदायका युवा युवतीको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको थियो। प्रतियोगिताको आयोजक एमी इन्टरटेनमेन्ट प्रालि रहेको छ।

अन्य सम्बन्धित समाचार:  शङ्कास्पद वस्तु बम नभएको पुष्टि