छलफल सकारात्मकः ओली, सुरुमा गुलियो, पछि टर्रोः माधव नेपाल

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज करिब दुई घण्टा लामो छलफल भएको थियो। बैठकपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँगको छलफल सकरात्मक भएको प्रतिक्रिया दिएका छन्।

नेपालले भने छलफलमा सुरुवातमा मिठो कुरा भएको र छुट्टिँदा टर्रो भएको प्रतिक्रिया दिए। आफूहरु यथास्थितिमा नै छुट्टिएको उनको भनाइ छ। “प्रारम्भमा गुलियो, मिठो कुराकानी भयो। अन्तिमको टर्रो भयो। यथास्थितमा रहेर छुट्यौँ,” उनले भने।

सर्वोच्च अदालतको फैसलिपछि साविकको एमाले पदाधिकारी र संरचनामा फर्कन आग्रह गरेको नेता नेपालले बताए। ओली पक्षको गएको फागुन २८ गतेको बैठक विधानसम्मत नभएकाले शून्यमा पुर्याउन र समग्र परिस्थितिबारे छलफल गर्न कार्यदल प्रस्ताव गर्दा ओलीले स्वीकार नगरेको उनले जारकारी दिए।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली