शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं। साताको दोस्रो दिन शेयर बजारमा दोहोरोे अंकले गिरावट आएको छ। आज नेप्से ०.७५ प्रतिशत अर्थात १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा झरेको छ।

नेप्से परिसुचक अनुसार २१२ कम्पनीका ५२ हजार ३०९ पटक कारोवार भएर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको ९ करोड ६० लाख ४ हजार ५२९ कित्ता शेयर खरिद बिक्रि भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडको सबैभन्दा धेरै ६.२५ प्रतिशत अर्थात २८ रुपैयाँले घटेर ४२० रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्योदय लघुवित्त वित्तीय संस्थाको ८५ रुपैयाँ अर्थात ४.६१ प्रतिशतले घटेर १७ सय ५९ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?

त्यसैगरी यता चन्द्रागिरी हिल्स लिमिटेडको सबैभन्दा धेरै ९.९५ प्रतिशत अर्थात ८८ रुपैयाँले बढेर ९ सय ७२ रुपैयाँले प्रतिशेयर मुल्य कायम भएको छ। नेप्सेको १२ उपसमुह मध्ये ५ उपसमुहका परिसुचक बढेका छन् भने बाकी ७ उपसमुहका परिसुचक घटेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा उपसमुहको सबैभन्दा १.६ प्रतिशतले घटेको हो।