मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी ६ जनाको मृत्यु

काठमाडौं।  मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले सोमबार जानकारी दिएको छ। उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ।

दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ। हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ। आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ। मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु