पशुपतिनाथमा सुनको जलहरी राख्ने विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन

काठमाडौं। सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेको हो।

गत फागुन १० गते अधिवक्ता नितिका ढुंगाना र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश नदिएको अदालत स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरको दर्शन गर्दै ३० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएपछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राखेको थियो। जलहरी राख्ने कार्य रोक्न माग गर्दै ढुंगाना र वैद्यले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

अन्य सम्बन्धित समाचार:  अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ