काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ।
त्यसैगरी यो पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री ओलीसँगको छलफलपछि बानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने माधव नेपाल पक्षका नेताहरुले जनाएका छन्।
ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन्। तर नेता नेपाल–खनाल पक्ष नेताहरुले उक्त चियापानमा नजाने भएका हुन्।