ओलीले प्रचण्डलाई फोनमा भने, भेट गरौं न

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन्।

माधवकुमार नेपाल पक्षले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका प्रधानमन्त्री ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका हुन्। उच्च स्रोतका अनुसार उनले प्रचण्डलाई भेट गरौं भनेका थिए। तर प्रचण्ड भने भेटका लागि रुची नदेखाएको स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  महिलासंग रंगेहात पक्राउ परेका नेता विकलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित