एफसी हिरो आईलिग फुटबल: पन्जाब पराजित

एजेन्सी। नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसी हिरो आईलिग फुटबलमा पराजित भएको छ।

सोमबार भएको खेलमा पन्जाब टिडिम रोड एथ्लेटिक युनियनसँग १-० गोल अन्तरले पराजित भएको हो।

एथ्लेटिक युनियनको जितमा कोमरुम टुर्सुनोभले निर्णायक गोल गरे। उनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए।

त्यसअघि ७९ औं मिनेटमा मोहमद इर्सादले रातो कार्ड पाएपछि पन्जाब १० खेलाडीमा समेटिएको थियो।

जितसँगै एथ्लेटिक युनियनले १३ खेलमा २५ अंक जोडेको छ। एथ्लेटिक युनियन शीर्ष स्थानमा रहेको छ।

पन्जाबले १३ खेलमा १९ अंक जोडेको छ। पन्जाब पाँचौं स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा