प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं। पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि पुनस्स्थापित भएको प्रतिनिधि सभाको तेश्रो बैठक आज बस्दैछ।

दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा पुनस्थापित भएपछि तेस्रो बैठक बस्‍न लागेको हो।

बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

त्यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री