बालुवाटारमा एमालेको चियापान: माधव–खनाल नजाने

काठमाडाैं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको हाे।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई पनि चियापान कार्यक्रममा बोलाएका छन्। तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ।

अाेलीले मोबाइल एसएमएसमार्फत निम्तोसहितको सन्देश पठाएका थिए।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल