एमालेको नेपाल-खनाल समूहले दिउँसो पत्रकार सम्मेलन गर्ने

काठमाडौं। नेकपा एमाले नेपाल खनाल समूहले चैत ४ र ५ मा गर्न लागेको कार्यकर्ता भेलाका बारेमा जानकारि दिन आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ।

मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको एमालेका वरिष्ठ नेता माधव नेपाल निकट एक नेताले जानकारी दिए।

साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ।

एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष र महासचिववाहेकका पद खारेज गरेपछि नेपाल-खनाल समूह ओलीसँग रुष्ट बनेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि