सुनको मूल्य स्थिर, चाँदीको मुल्य बढ्यो

काठमाडौं। सुनको मुल्य आज पनि स्थिर रहेको छ। सुनको मूल्य स्थिर हुँदा चाँदीको मुल्य भने निरन्तर बढिरहेको छ। छापावाल सुनको ८६ हजार ६ सयमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मुल्य भने बढेर तोलाको १२८० पुगेको छ। हिजो सोमबार पनि तोलामा ५ रुपैयाँले बढेर १२७५ मा कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?