प्रधानमन्त्री ओलीको चेतावनी– निहुँ खोज्दैछन्, सहेर बस्दैनौँ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीमा अचाक्ली नसहने बताए। चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

“जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने ? नियम कानुन, संविधान केहीको मतलव छैन। अहंकार, स्वेच्छाचारी, ७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भनेपछि पनि छुट्टै भेला गर्दैछन्। निहुँ खोज्दैछन्। राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे १ अर्को पार्टी र कमिटी बनाउनका लागि हो? यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन। अब सहेर बस्दैनौँ। अचाक्ली भयो, उनले भने।”

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह