प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत ६ गते

काठमाडौं। प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले दिए।

साथै सभामुख सापकोटाले बैठकमा जनता समाजवादी पार्टीले सांसद सरिता गिरी पदमुक्त भएको जानकारी गराए। गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गर्ने उनको पार्टीले निर्णय गरेको थियो। त्यस्तै सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको सांसद पदमा चयन भएका मोहनप्रसाद पाण्डेलाई सभामुखले स्वागत गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए