प्रधानमन्त्री ओली बैठक सकिएपछि संसद भवन पुगे

काठमाडौं। प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओल भने आजको बैठक सकिएपछि पुगेका थिए। यसअघिका दुई बैठक सुरु हुनु अगावै पुगेर फर्कने गरेका प्रधानमन्त्री ओली आज बैठक सकिएपछि पुगेर फर्केका हुन्।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री