जसपाको पदाधिकारी बैठक जारी, लाग्ला त टुङ्गो?

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को बैठक जारी छ। देशमा सत्ता समीकरणको बारेमा भइरहेका चर्चाको केन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि सोमबारदेखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ। सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्ने कि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धनमा सामेल हुने भन्नेबारे जसपा नेपाल अलमलमा छ।

आफूहरुको माग जसले पूरा गर्छ, त्यो दललाई मात्र सत्ता समीकरणका लागि सहयोग गर्ने जसपा नेपालका नेताहरुले बताउँदै आएका छन्। जसपाको मागप्रति दुवै पक्षका दल सकारात्मक छन्। दुवै पक्षले माग पूरा गर्ने भनिसके पनि जसपा नेपालले औपचारिक छलफल गरेर गठबन्धनको टुङ्गो लगाउन सकिरहेको छैन। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठक आज पनि जारी छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे