माओवादी केन्द्रको निर्णयः प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौं। माओवादी केन्द्रको आज बसेको संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। सिंहदरबारमा सम्पन्न दलको बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन रद्ध गरेकाले प्रधानमन्त्रीले नैतिकता र संसदीय परम्परा बमोजिम तत्कालै राजीनामा दिनुपर्ने जनाएको छ।

आजको बैठकले ओली सरकारमाथि कायम समर्थन फिर्ता लिनेबारे निर्णय नगरेको भएपनि परिस्थिति परिपक्व हुने वित्तिकै फिर्ता हुने नेता वर्षामान पुनले बताए। हाम्रो पहिलो काम नै ओली सरकार हटाउने भन्ने छ, त्यसलाई कार्यान्वयन गर्न छलफल भइरहेको छ – उनले भने।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री