प्रधानमन्त्रीजी भोलिको भेलाको प्रमुख आतिथ्यता तपाईँले नै गर्नुहोस्ः योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गरेका छन्। चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन्।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लागाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईँकै हो। बरू तपाई नै प्रमुख अतिथि भएर भेलाको उद्घटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’ त्यसैगरी उक्त राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता