विमान दुर्घटनाः तीन जनाको मृत्यु

काठमाडौं। अमेरिकाको फ्लोरिडामा विमान दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक महिला घाइते भएकी छन्। दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको अधिकारीहरुले जनाएका छन्।

विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको हो। दुर्घटनामा विमानमा सवार दुवैजनाको मृत्यु भएको छ भने कारमा यात्रा गरिरहेका एक बालकको पनि मृत्यु भएको जनाइएको छ। कारमा रहेकी अर्की एक महिला घाइते भएकी छन्। अमेरिकाको हवाई सुरक्षा नियामकले यो दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते