राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल र खनाल नजाने, डा. बाबुराम पनि नजाने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने जनाइएको छ।

साथै यता जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। नेता बिष्णु रिजालका अनुसार नेता नेपाल र खनाल राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन्।

राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन्।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेश— नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ