कैलालीमा ग्यास लिक भएर आगलागीः चारजना घाइते

आगलागी

कैलाली। कैलालीमा ग्यास लिक भएर आगलागी हुँदा चारजना घाइते भएका छन्। कैलालीको टीकापुर नगरपालिका–१ मा स्थानीय जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते भएका हुन्।

आज आगलागी हुँदा घर धनी बिष्टसहित २८ वर्षीया उनकी श्रीमती वविता बिष्ट, ३ वर्षीय छोरा जेनेल बिष्ट र घरमा सहयोगीका रुपमा कार्यरत ४५ वर्षीय हरि चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

प्रहरीका अनुसार उनीहरुलाई उपचारका लागि कोहलपुर लगिएको छ। कोठामा ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलागी भएको हो।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु