बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

माेटरसाइकल

बझाङ। बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय जसवीरे धामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।

मिस्त्रीको काम सकाएर घर फर्किने बेला उनी भीरबाट खसेका थिए। भिरपाखाको बाटोमा जोखिमरूपले यात्रा गर्नुपर्दा जिल्लामा सर्वसाधारणहरूले ज्यान गुमाउनु परेको छ।

अन्य सम्बन्धित समाचार:  बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ