शितलनिवासमा ओलीको प्रस्तावः संसद् विघटन गरौं, तत्काल चुनावमा जाऔं

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। मंगलबार अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए।

प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं। निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले बताए। यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो। साथै सहमति र सहकार्यका साथ अघि बढ्न नेताहरुलाई राष्ट्रपतिले आग्रह गरेकि छिन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस भक्तपुरका पूर्व कोषाध्यक्षको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त