बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया। बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीया दल्ली रावतमाथि मंगलबार दिउँसो साढे ३ बजे बाघले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

रावतसहित तीन महिला दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएका थिए।  त्यस समयमा बाघले दल्ली रावतलाई आक्रमण गरेको भन्ने सूचनाको आधारमा नेपाली सेना र ईलाका प्रहरी कार्यालय बग्नाहा बर्दियाबाट टोली खटिएको थियो।

प्रहरी पुग्दा पौने ५ बजे रावत मृत फेला परेकी हुन्। उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने