पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि समायोजन भएको छ। नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँले बढाएको बताएको हो।

मूल्यवृद्धि भएसँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ त्यस्तै ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत् छ।

यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य