राहदानी बनाउनेको सङ्ख्या बढ्दो

काठमाडाैं। विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो।

राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, “राहदानी बनाउने बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको सङ्ख्या कायम हुन थालेको हो।”उनका अनुसार विगतमा जस्तै अहिले दैनिक ४५ हजार जति राहदानी बन्न थालेको छ।

विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको सङ्ख्या पनि धेरै हुने गरेको छ। उनले पुरानो राहदानीको म्याद सकिँदा कुनै पनि थप शुल्क वा जरिवाना नलाग्ने प्रस्ट्याए।

अन्य सम्बन्धित समाचार:  एकै दिन १ हजार बढीमा कोरोना संक्रमण पुष्टि