सवारी दुर्घटनामा एकको मृत्यु

कास्की। पोखरामा मंगलबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

पोखरा-सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग१८प ४८१४ नम्बरको मोटरसाइकल दुर्र्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका-७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो करीब १ बजेको समयमा भएको सो दुर्घटनामा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर खस्दा घाइते भएका गिरीको सहारा अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द गिरी घाइते भएकामा फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइन्छ।