रियल मड्रिड र म्यान्चेस्टर सिटी क्‍वाटरफाइनलमा

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ३–१ ले हराएको रियलले समग्रमा ४–१ को जीत निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो। पहिलो लेगमा रियल १–० को शान्दार जित निकालेको हो।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियलको जीतमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे। एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्ता दिलाए। उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरेका थिए।

६०औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे। टोलोइले पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई लडाएपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकता र मुम्बई भिड्दै

८३औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै एटलान्टालाई खेलमा फर्कने संकेत दिए। तर मैदन प्रवेश गरेको चार मिनेटमै सब्सिच्युट मार्को एसेन्सियोले गोल गर्दै दोस्रो लेगमा रियललाई ३–१ को सहज जित दिलाए।

एसेन्सियोले ८५औं मिनेटमा गोल गरेका थिए। त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले पनि जीत निकाल्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

सिटीले बोरुसिया मन्चनग्लाडबाकलाई २.० ले हराउँदै समग्रमा ४.० को जीत निकालेको हो। सिटीको जीतमा केभिन डि ब्रुयना र इल्काए गुन्डोगानले १-१ गोल गरेका थिए । दुवै गोल सुरुवाती २० मिनेटभित्रै भएका थिए।