चट्याङले लमजुङमा एक विद्यार्थीको मृत्यु

लमजुङ। जिल्लाकाे क्होलासोँथार गाउँपालिका–४ भुजुङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा चट्याङ पर्दा कक्षा १० मा अध्यनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको छ।

मंगलबार अपराह्न कक्षा सञ्चालन भइरहेकै बेला परेको चट्याङले शिक्षकसहित विद्यार्थीहरु घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर दुईजनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएको थियो। पोखरास्थित मणिपाल अस्पताल पुर्‍याइएका विकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइतेमध्ये कक्षा १० मा अध्यनरत छविन्द्र गुरुङको अवस्था चिन्ताजनक रहेको छ। अन्यको अवस्था सामान्य रहेको लमजुङ प्रहरीले जनाएको छ।

यस्तै, १४ वर्षीया अन्सु गुरुङलाई पनि थप उपचराका लागि पोखरा लगिएको विद्यालयका शिक्षक अन्जन धितालले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  हात्तीको आक्रमणबाट किसानको मृत्यु