खनाल-नेपाल समूहको राष्ट्रिय भेला आजदेखि

काठमाडौं। नेकपा एमाले झलनाथ खनाल – माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि शुरु हुँदैछ।

बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन्। नजिकका नेता कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो।

भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो।

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने