मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

काठमाडौं। काठमाडौैमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुइंकेलको ६ बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो।

अन्य सम्बन्धित समाचार:  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु