कार्यकर्ता भेलामा माधव नेपालले प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले आजदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने भएका छन्।

भेलामा वरिष्ठ नेता नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि तथा पार्टी एकताका लागि गरिएको प्रयत्न तथा गतिविधि समेटिएको समेटिएको प्रतिवेदन पेस गर्ने नेता विष्णु रिजालले जानकारी दिए।

प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली पक्षले कसरी विधान उल्लंघन गरी हालको अवस्थामा पुर्‍याए भन्ने विषयबारे समेत उल्लेख हुने उनले बताए।

दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री