काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज भने ३०० रूपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।