आईसीयूमा भर्ना बिरामीमाथि नर्सिङ स्टाफबाटै राति बलात्कार

काठमाडौं। बिरामीको उपचार र सेवासुविधामा ध्यान दिनुपर्ने नर्सिङ स्टाफले नै सघन उपचार कक्ष (आईसीयू) मा भर्ना बिरामीमाथि बलात्कार गरेको घटना विश्वास नलाग्न सक्छ। तर भारतको राजस्थानस्थित जयपुरमा शल्बी हस्पिटलमा उपचाररत महिलामाथि बलात्कार भएको छ।

पुरुष नर्सिङकर्मीले महिला बिरामीमाथि राति कोही नभएको मौकामा बलात्कार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बिरामी महिला आईसीयूमा अर्धचेत रहेको अवस्थामा बलात्कार भएको जनाइएको छ। आईसीयूमा भर्ना ती महिलाको शल्यक्रिया गरिएको थिया । मुखमा मास्क थियो भने दुवै हात बाँधिएका थिए।

बलात्कारपछि ती महिला रातभर रोइरहिन् र बिहान आफ्ना पति आएपछि घटनाबारे जानकारी दिइन्। त्यसपछि स्थानीय चित्रकूट थानामा उजुरी दर्ता गरिएको छ भने आरोपी नर्सिङकर्मी पक्राउ परेका छन्। पीडित महिलाका पतिका अनुसार अस्पतालले बिरामी कुरुवालाई बस्न दिने गरेको छैन। आवश्यक पर्यो भने खबर गर्ने भन्दै अस्पतालले बिरामीलाई मात्रै आईसीयूमा राखेर कुरुवालाई घर पठाउने गरेको छ।