जुवाखालबाट प्रहरीका असईसहित ४ पक्राउ

कैलाली। कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले बताए। भट्ट कैलालीको धनगढी उपमहानगरपालिका–७ का स्थानीय हुन्।

उनका अनुसार धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द पक्राउ परेका हुन्। साथै जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगद बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु