नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ। ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने जनाइएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि नेपाल–खनाल पक्षले समानान्तर गतिविधि अगाडि बढाएको छ।

ओली पक्षले नेपाल खनाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ। बैठकको अध्यक्षता नेता खनालले गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय समिति बैठक बस्दै