कञ्चनपुरमा गाडी दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कञ्चनपुर। कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि ६ जना घाइते भएका छन्।

बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।

प्रहरीका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त मृत्यु भएको हो। घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन