ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइनः अष्टलक्ष्मी शाक्य 

काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको धम्कीबाट नडराउन आग्रह गरेकी छन्। राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले आफूहरूको लागि पद ठूलो कुरा नभएको बताइन्। “ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन,” उनले भनिन्, “कम्युनिष्ट आन्दोलन जोगाउनु ठूलो कुरा हो। ” त्यसैगरी नेतृ शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अपमान आफूहरुले धेरै सहेको जानकारी दिइन्।

उनले भनिन्, “ओली सच्चिनुहुन्छ कि भनेर प्रयास र्गयौँ तर सकेनौँ। आफ्नै नेताहरुको अपमान गर्ने काम उहाँबाट भयो,” उनले भनिन्, “हामीले यो बीचमा धेरै पीडा भोग्यौँ। अपमान सह्यौँ।”

 

अन्य सम्बन्धित समाचार:  प्रचण्डलाई ओलीको फोन, के भयो कुराकानी?