काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो सत्ताबाट विदा गर्नुपर्ने बताए।
नेता भट्टराईले ट्वीट मार्फत राज्यका सबै अंग र साधनस्रोत कब्जा गरेर प्रधानमन्त्री ओली सद्याम हुसेन, पर्वेज मुसर्रफ र हुन सेन स्टाईलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको भन्दै ओलीलाई छिटो भन्दा छिटो विदा गर्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाटकाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है।’
राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!
— Baburam Bhattarai (@brb1954) March 17, 2021