ओलीका साइबर स्यालहरु अझै ज्युँदै रहेछन्ः माधवकुमार नेपाल

काठमाडौँ। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले नेकपामा रहेका साइबर स्यालहरु अझै ज्युँदै रहेको बताए। आज राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए।

‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो। ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन्। बाँचिरहेका रहेछन्। हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ। होसियार। भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन्। अलमलमा पार्नेछन्। तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालको आग्रह छ।

नेता नेपालले  कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिए। उनले आफूहरूको लडाइँ पदका लागि नभएको पनि दाबी गरेका छन्। अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए। ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए। उनले भने, तपाइँहरु पनि पिडित हामी अनि पिडत, आज पिडित पिडित एक ठाउमा भेला भएका छौं।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता