प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन्। बिहीबार बस्नेगरी दलको बैठक बोलाइएको जनाइएको छ। दलको बैठकमा माधव कुमार नेपाल पक्षले भने सहभागिता नजनाउने संकेत गरेको छ।

नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी दिए। अध्यक्ष ओलीले गरेको गत फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताए।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह