सेयर बजार ४० अंकले बढ्यो

काठमाडौं। सेयर बजारको परिसूचक नेप्से आज ४० अंकले उकालो लागेको छ। सो अंकको वृद्धिपछि परिसूचक २४३२ अंकमा कायम भएको छ। आज ३ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन्। बैंकिङ १९, ब्यापार ४२, होटल तथा पर्यटन ११२, विकास बैंक २६, जलविद्युत ३१, फाइनान्स १३, निर्जीवन बीमा २२४, उत्पादन ९८, अन्य ४७, माइक्रोफाइनान्स ११३, जीवन बीमा समूह ३७२ अंकले बढेका छन्। त्यस्तै लगानी समूह १ अंकले बढेका छन्।

आज ५ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी र पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। यता चन्द्रागिरिको मूल्य सूचीकृत भएपछि नै निरन्तर १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?

त्यस्तै आजको कारोबारपछि जोशी हाइड्रोकोको मूल्य १४६ रुपैयाँ, ग्रीनलाइफको ३६०, युनाइटेड इदीको २६० र पन्चकन्या माइको मूल्य प्रतिकित्ता १९३ रुपैयाँ कायम भएको छ। आज घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। यस दिन कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २० करोड बराबरको कारोबार हुँदा मूल्य घटेर प्रतिकित्ता ५३० रुपैयाँमा कायम भएको छ। साथै नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड बराबरको कारोबार भएको छ भने एचआइडिसिएलको १६ करोड बराबरको कारोबार भएको छ।